सोलु कांग्रेस प्रदेश ‘ख’ले गर्‍यो केन्द्रीय नेताहरुको उपस्थितीमा शुभकामना आदानप्रदान

  हिमाल समाचार
434 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यसमितिले आज सोमवार काठमाण्डौँको चावाहिलमा केन्द्रीय नेताहरुको उपस्थितीमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसी, केन्द्रीय सदस्य तथा कांग्रेस पर्यटक विभाग प्रमुख आङ गेलु शेर्पा, केन्द्रीय सदस्य एवंम् सांसद उदय शमसेर राणा, कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रदेशका सचेतक भुपेन्द्र राई लगायतका नेताहरुको उपस्थिती रहेको युवा नेता नविन थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस सोलुुम्बु प्रदेश सभा ‘ख’का सभापति कर्मा शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, भातृ संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगायत गरी करिब २ सय जना नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार