‘रातो रुमाल’बजारमा (भिडियो)

काठमाण्डौँ – बहुप्रतिक्षित दोहोरी गीत ‘रातो रुमाल’सार्वजनिक गरिएको छ ।

हिमाल पंगेनीको प्रस्तुतिमा राजन कार्की यूटुव च्यानलबाट रिलिज गरिएको गीतमा शान्ति श्री परियार र सरोज सिग्देलको स्वर सुन्न पाइन्छ ।

जीवन सिग्देलको शब्दमा राजन कार्कीले भाका हालेका हुन् । वानडिविएचडि स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ एचविएन किस्मतले गरेका छन् ।

भिडियोको निर्देशन तथा कोरियोग्राफर मौसम हिमालीले गरेका छन् भने भिडियोमा अञ्जली अधिकारी, बब्बु थापा, सिन्धु सिग्देल, ध्रुब हिमालीको अभिनय तथा नृत्य रहेको छ ।

सर्जक तथा गायक कार्कीका ‘पान खायो मायाले चुना हालेर’, ‘सुर्ती माडेर’, ‘चाडबाड’मा जस्ता सफल गीतहरु डिजिटल बजारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार