गौतम सागरले ल्याए ‘लाहुर जाने लाहुरे’ (भिडियो)

  हिमाल समाचार
112 Shares

काठमाण्डौँ । सोलुका गौतम सागर राई अमेरिकाको कोलोराडोमा बस्छन् । उनी अमेरिका बस्न थालेको छ बर्ष भयो । उतैबाट पत्रकारिता, कलाकारिता र साहित्यमा सक्रिय उनले पछिल्लो गीत ‘लाहुर जाने लाहुरे’ सार्वजनिक गरेका छन् ।

गौतमको शब्द संगीतमा तयार भएको गीतमा बबिना किराँतीले स्वर रेकर्ड गरेकी छिन् । गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन् भने राजु कार्कीको मिक्सिङ छ । किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिष्ट सुरेश राई हुन् ।

गीतमा परदेशी प्रेमीलाई घरदेशी प्रेमिकाले स्वदेश डाकेको भावनात्मक कथा बुनिएको छ । आफ्नो मान्छेको अभावमा बतुराएको मनको भावनालाई सुमधुर तवरले संगीत माला गाँसिएको छ । गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ । भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सर्जक राईले ब्याक टु ब्याक आफ्ना सृजना सार्वजनिक गर्दै आएका छन् । ‘परदेशिको याद’, ‘सीमापारी’, ‘नौलो परदेशी’, ‘मुलबाटो’, ‘दशै आयो तिहार आयो’ यसअघि उनको सृजनामा सार्वजनिक भएका गीतिकृति हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार