काठमाण्डौँ । उर्गेन दोङ र सुजिता योञ्जनको स्वर रहेको गीत ‘जुन र तारा’ले एघार लाख भ्यूज बटुलेको छ ।
सुसन ब्लनको सृजनामा तयार भएको गीतलाई एएमएस इन्टरटेनमेन्टबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
सत्यकला लामा र मिलन थिङ पासाङको अभिनय रहेको गीतको निर्माता प्रजिना र पासाङ मोक्तान हुन् ।
रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन र विष्णु खड्काको सम्पादन रहेको गीतमा संगीत संयोजन गायक उर्गेन स्वयम्ले गरेका छन् ।
गीत माया पिरतीमा आधारित छ ।