सोलुखुम्बु : ६ महिनामा १८६३ जना सवारी कारबाहीमा

सोलुखुम्बु – सोलुखुम्बुमा सवारी नियम उल्लङघन गर्नेहरु बढेका छन् । जिल्लामा पछिल्लो समयमा लाईसेन्स विना नै सवारी चलाउनेहरुको संख्या बढेको हो । पुष महिनामा मात्रै ३१० वटा सवारी कारबाहीमा परेका छन् । उनिहरुबाट २ लाख ५० हजार राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउन यता १८६३ सवारी कारबाहीमा परेका छन् । साउनमा ...

नेचासल्यानका तीनकन्या र सुके पोखरीको पुनःभरणको काम शुरु

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा रहेको सुके पोखरी र नेचासल्यान ५ मा रहेको तीनकन्या पोखरीको पुनःभरणको काम शुरु गरिएको छ । एइआइएन लग्जेम्बर्गको आर्थिक सहयोग, ग्रामीण विकास संस्थाको प्राविधिक सहयोग तथा स्थानीय सरकारको समन्वयमा संचालित सोलुवाट्री परियोजना अन्तरगत दुवै पोखरीको पुनःभरणको शिलान्यास नेचासल...

दुई पटक म्याद थप्दा पनि सोताङ–महाकुलुङ हुँदै भोजपुर जोड्ने सडकको काम मुस्किलले ५० प्रतिशत

सोलुखुम्बु – दुई पटक म्याद थप्दा पनि सोताङ–महाकुलुङ हुँदै भोजपुर जोड्ने सडकको काम मुस्किलले ५० प्रतिशत पुरा भएको छ । २६ माघ २०७४ मा सडक निर्माणको लागि हिमाली देवढुंगा–ओम बुद्ध जेभीसंग सम्झौता भएको थियो । सम्झौता अनुसार २६ साउन २०७६ सम्ममा सडक ओपनको काम सक्नुपर्ने थियो । तर अपेक्षाकृत कामै हुन सकेन । मुलुकमा संघीय संर...

ऋषि धमला र गेल्जे शेर्पाले गरे ‘केटिएम स्पोर्टस जोन टु‘को उद्घाटन

काठमाण्डौ – जीआईजी कम्पनीले संचालनमा ल्याएको ‘केटिएम स्पोर्टस जोन टु’को वरिष्ठ पत्रकार ऋषि धमला र नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । चाबहिल (चुच्चेपाटी)मा संचालन ल्याइएको स्पोर्टस जोन टुको पत्रकार धमला र अध्यक्ष शेर्पालेले रिवन काटेर उद्घाटन गरेका हुन् । विशाल बजार व्यवसायि...

सल्लेरी च्याल्साको मुनाफा झण्डै दुई करोड

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी र आसपासको क्षेत्रमा विद्युत विरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले आर्थिक बर्ष २०७७–७८ मा झण्डै दुई करोड मुनाफा आर्जन गरेको छ । कम्पनीले सल्लेरीमा आयोजना गरेको २९ औँ बार्षिक साधारण सभामा प्रस्तुत गरेको आम्दानी खर्च प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ को तुलनामा ११.०३ ले मुनाफ...

सोलुमा एरो नेटको अवैध काम, अनुमति विनै पोलमा फाईबर टाँग्दै

सोलुखुम्बु – सोलुखुम्बुमा एरो नेटले अनुमति विनै विद्युतका पोल पोलमा फाईबर तार टाँगेको छ । विद्युत प्राधिकरण तथा सल्लेरी च्याल्सा विद्युत कम्पनीको पोलमा अवैध रुपमा फाईबर टाँगेको पाइएको छ । जिल्लामा सेवा विस्तार गरेको एरोले सल्लेरी च्याल्सा विद्युत कम्पनीको क्षेत्र साल्मेदेखि गार्मा हुँदै दोर्पु लगायतका स्थानका पोलहरुमा...

हिमाली सञ्चारको साधारण सभा सम्पन्न (फोटो फिचर)

काठमाण्डौँ – पुर्वी नेपालकै सर्बोत्कृष्ट रेडियो स्टेशन हिमाल एफ.एम.को संञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडको आठौँ साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौमा आयोजित सभामा बार्षिक आयव्यय, प्रगति विवरण प्रस्तुत गरिएको छ भने शेयर सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । संविधान सभा सदस्य तथा हिमाली सञ्चारका शेयर सदस्य आ...

चिकित्सकविहिन प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको विषयमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौँ – चिकित्सकविहिन बनेको सोलुखुम्बुको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको विषयमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराइएको छ । नेचासल्यान गाउँपालिकाका यूवाहरुको टोलीले ९ महिनादेखि चिकित्सकविहिन स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्थापन र दीगो संचालनका लागि स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर ध्य...

दुधकोशी पर्यटन सहकारीको नाफा ४६ प्रतिशत

सोलुखुम्बु – सोलुखुम्बुमा संचालित दुधकोशी पर्यटन सहकारी संस्था लिमिटेडको खुद नाफा ४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६–७७ को तुलनामा सहकारीको नाफा आर्थिक वर्ष २०७७–७८ मा ४६ प्रतिशतले बृद्धि भएको तथ्यांक चौथो साधारण सभामा प्रस्तुत गरिएको छ । सहकारीले १४ लाख ३६ हजार ७४४ रुपैँया नाफा कमाएको सचिव विनोद सिंह तामाङले जान...

थुलुङ दुधकोशीमा एकैदिन दुई ठूला आयोजनाको शिलान्यास

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एकैदिन बहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ र पालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको छ । करिब ७ करोडको लगानीमा निर्माण हुने थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ र ४ करोड ५० लाखमा निर्माण हुने प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्य...