खुम्बुमा हेलीप्याड विस्तार गरिन्छ : मन्त्री भट्टराई

पर्यटन सुचना केन्द्र हस्तान्तरण

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खुम्बुमा हेलीप्याडको बिस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

पर्यटकिय स्थानीय तह भएकाले दैनिक सयौँ उडान हुने भन्दै खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्ला स्थित हेलीप्याड साँघुरो भएकाले आवश्यकता अनुसार फराकिलो बनाईने बताएका हुन् । खुम्बुमा निर्माण गरिएको पर्यटन सुचना केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले तेन्जिङ हिलारी विमानस्थलमा रहेको टर्मिनल भवनको व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिईने बताए । गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाको माग अनुसार टर्मिनल भवनमा चिया तथा कफि सप सञ्चालनका लागि स्थानीय सरकारलाई अनुमति दिईने बताए ।

यात्रुको चाप निकै रहने भएकाले विमानस्थलमा लगेज बेल्टको पनि व्यवस्थापन गरिने बताए । सुचना केन्द्रको भवन उद्घाटन कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानिय सरकारको माग बमोजिम पर्यटकिय भौतिक पुर्वाधार निर्माण गरिने बताए ।

पर्यटन सुचना केन्द्र हस्तान्तरण

खुम्बु पासाङल्हामु गाउँपालिका २ स्थित लुक्लामा निर्माण गरिएको पर्यटन सुचना केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

पर्यटन विभागको भ्याट सहित ३ करोड ६३ लाख १ हजार ९५० रुपैँया लागतमा निर्माण गरिएको ३ तले भवन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेपश्चात पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गाँउँपालिकालाई हस्तान्तरण गरे ।

कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला पक्षको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार