सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् ।

अहिलेसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको र आउनेक्रम वैशाख अन्तिमसम्म रहने बताउनुभयो ।

तर अघिल्लो वर्षको तुलनामा यसवर्ष सङ्ख्यात्मक रुपमा केही कम हुनसक्ने उहाँको अनुमान छ । निर्देशक गुरुङका अनुसार यो वर्ष चार सयभन्दा बढीको सङ्ख्या आरोही आउने विश्वास छ ।

अघिल्लो वर्ष अहिलेसम्मकै धेरै चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत अहिलेसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार