विपक्षी गठबन्धनको बैठक साँझ ५ बजे सिंहदरबार बस्दै

  हिमाल समाचार
63 Shares

काठमाडौं- विपक्षी गठबन्धनको बैठक बस्दै छ । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।

बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । उनले सर्वोच्चको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको बताइन् ।

‘यो आदेशको विकल्पै थिएन, त्यसैले मलाई स्वाभाविक लागेको छ,’ उनले भनिन्, ‘प्रतिगमनविरुद्धको हाम्रो कदम सफल भएको छ ।’

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । यी दलका नेता–कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका थिए । साथै कांग्रेस सभापति देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न वैठक बस्न लागेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार