सोलुमा एक महिनामा २६९ सवारी कारबाहीमा परे

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा असोज महिनामा २६९ जना सवारी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको असोज महिनामा २६९ सवारी कारबाहीबाट १ लाख ७९ हजार ५०० राजस्व संकलन भएको हो ।

ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार २७ वटा ट्रकबाट १७ हजार ५००, ६ वटा ट्रिपरबाट ३ हजार ५००, ७ वटा बसबाट ५ हजार, १०६ वटा कार तथा जिपबाट ५९ हजार १७ वटा ट्याक्टरबाट १ लाख २५ हजार राजस्व संकलन गरेको छ ।

९४ वटा मोटरसाईकलबाट ७२ हजार, १२ वटा टेम्पोबाट १० हजार गरि १ लाख ७९ हजार ५०० राजस्व संकलन भएको सोलुखुम्बुका ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए ।

प्रहरीले चालु आर्थिक वर्षको साउनमा ३ सय सवारी कारबाहीबाट २ लाख १ हजार र भदौमा ३१९ वटा सवारी कारबाहीबाट २ लाख १० हजार राजस्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार