वन तथा भौतिक संरचनामा आगो लगाउने व्यक्तिको सुराकी दिन सोलु प्रशासनको आग्रह

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगजनी तथा डढेलो लगाउने व्यक्तिको सुराकी दिन आग्रह गरेको छ । पहिछल्लो समय जिल्लाको विभिन्न स्थानमा अज्ञात व्यक्तिले आगजनी गर्ने तथा वनमा डढेलो लगाउने क्रम बढेकाले त्यस्तो व्यक्तिबारे प्रशासन वा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको हो ।

आपराधिक मानसिकता भएका व्यक्तिहरुले यस्ता घटना घटाएका हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको खोजी भइरहेको पमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले जानकारी दिनुभयो ।

सूचना दिने व्यक्तिको पहिचान गोप्य राखि उपयुक्त समयमा उचित समान समेत गरिने प्रजिअ खत्रीले बताउनुभयो । भौगोलिक विकट्ताका कारण केहि स्थान वाहेक धेरै स्थानहरूको डढेलो नियन्त्रण गर्न नसकिने किसिमको रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार