हावाहुरी र पानीका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत खाद्यान्न बालीमा क्षति

सोलुखुम्बु – सोलुखुम्बुमा दशैको समयमा परेको पानीका कारण २७.४३ प्रतिशत अन्नबालीमा क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानिय तह मार्फत संकलन गरेको तथ्याङकमा १ हजार ५२५ हेक्टरमा लगाएको धानबाली मध्ये ४१८ हेक्टर जमिनको धानबालीमा क्षति भएको छ । यसलाई प्रतिशतमा हेर्दा २७.४ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुलबहादुर राईले जानकारी दिए ।

जिल्लामा १ हजार १०५ हेक्टरमा गरिएको कोदो खेतिमा १०० हेक्टर अर्थात ४.७ प्रतिशतमा क्षति पुगेको छ । लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा धान तथा कोदो बालीमा क्षति पुगेको छैन ।

सोलुदुधकुण्डमा धान ११.६५ हेक्टर, थुलुङ दुधकोशीमा ९७ हेक्टरको धानबाली र ४५ हेक्टरको कोदो, सोताङ गाउँपालिकामा १३७ .२५ हेक्टरको धान, नेचासल्यान गाउँपालिकामा ८४.३० हेक्टरको धान, माप्यदुधकोशी गाउँपालिकामा ८५ हेक्टरको धान र ५५ हेक्टरको कोदो र महाकुलुङ गाउँपालिकामा १० हेक्टर जमिनमा लगाईएको धानबालीमा क्षति पुगेको छ ।

संकलन गरिएको तथ्याङ्क कृषि विकास निर्देशानलय प्रदेश १ विराटनगरमा पठाईएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार