कांग्रेस नेता बास्तोलाले दिए क्रियटिभ सोसियललाई निशुल्क जग्गा

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका युवा नेता दिनराज बास्तोला र कुमार बास्तोलाले स्वर्गीय मातापिताको स्मृतीमा क्रियटिभ सोसियल युथ क्लबलाई निशुल्क जगा प्रदान गरेका छन् ।

सोलुखुम्बुको नेचासल्यानमा स्थापित क्लबको भवन निर्माणका लागि बास्तोलाद्धयले पिता पुष्पलाल बास्तोला र माता ठगमाया बास्तोलाको स्मृतीमा करिब एक रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन् ।

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण बिभाग अन्तरगतको सरकारी तथा गैरसरकारी संस्थाहरुको बिज्ञ समेत रहेका बास्तोलाले नेचासल्यान गाउँपालिकाको वडा नं– ३ घलेसुंघारामा रहेको भाइ कुमार बास्तोलासंगको सगोली जग्गाबाट करिब १ रोपनी भवन निर्माणका लागि हस्तान्तरण गरेको क्लबका अध्यक्ष शम्भु घिमिरेले बताए ।

दिनराज बास्तोला सो क्लबका सल्लाहकार समेत हुन् । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुबाट रजिष्ट्रेशन गरि बांस्तोला दाजुभाइले सो जग्गाको धनीपुर्जा शुक्रवार क्लबलाई हस्तान्तरण गरेका थिए ।

बांस्तोला दाजुभाइबाट निशुल्क जग्गा उपलब्ध भएपछि क्लबको स्थायित्वका लागि टेवा पुगेको क्लबका अध्यक्ष घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार