नाम्चे प्रहरी चौकीको भवन उद्घाटन

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नाम्चे प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । २ करोड ४ लाख ४७ हजार ८५५ रुपैयामा बनेको प्रहरी चौकीको भवन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महानिरीक्षक क्षेत्रीले नागरिक र प्रहरी एक अर्काका परिपुरक रहेको बताए । नागरिक र प्रहरीको समन्वयमा मात्रै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सकिने बताउँदै समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी कार्यान्वयन हुँदै गएको बताए । उच्च मनोवलका साथ काम गर्न प्रहरी कर्मचारीलाई उनले निर्देशन दिए ।

महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसंगै नागरीक सेवामा प्रभावकारी ढंगले अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, प्रहरी नायब उपरिक्षक कवित कट्वाल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार