खुम्जुङ प्रहरी चौकीको भवन उद्घाटन

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – प्रहरी चौकी खुम्जुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मातहतमा रहेको भवनको आज बिहान एक कार्यक्रमको आयोजना गरि १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसील उद्घाटन गरेका हुन् । भवन १ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैँयाको लागतमा निर्माण गरिएको हो ।

प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, नायब उपरिक्षक कवित कटवाल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार