जनताका प्रतिनिधि बन्न चाहेका दिपक खड्काको यस्तो छ राजनीतिक पृष्ठभूमि

  हिमाल समाचार
1k Shares

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका नेता दिपक खड्काले २०५२ सालदेखि नेपाली कांग्रेस निकट नेपा विद्यार्थी संघबाट राजनीति गरेका थिए ।

२०६२–६३ को जनआन्दोलनमा सहभागी बनेका खड्का त्यसपछि सोताङ गाउँ विकास समितिको सदस्य बने । २०६४ सालमा तत्कालिन सोताङ गाविसको कांग्रेस पार्टी सभापति बनेका उनले पहिलो र दोस्रो संविधान सभामा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपुर्ण योगदान गरे । २०७४ को स्थानीय तहको निर्वाचनमा पार्टीले खड्का सहित ८ जनाको नाम सिफारिस गरेपछि उम्मेदवार बन्न तिब्र इच्छा राखेका खड्काले पार्टीबाट विद्रोह गरे । सो निर्वाचनमा स्वतन्त्र निर्वाचन लडेका उनले जनताले आफूलाई रुचाएको प्रमाणीत गरे ।

पार्टी बेगर निर्वाचन लडेका उनले दोस्रो बढि मत ल्याए । तत्कालिन अवस्थामा कांग्रेसका उमेदवार खिलाराज बस्नेतलाई पछि पारेका उनको एमालेका वीर बहादुर राईसँग १३२ मतान्तरमा निर्वाचन हारे । जनमतबाट प्रतिनिधि बनेर जनसेवामा खट्ने तिब्रता चाहना राखेका खड्काले स्थान्ीय तहको निर्वाचन लगत्तै सम्पन्न प्रदेश सभा निर्वाचनमा सोलुखुम्बु प्रदेश सभा ‘क’बाट निर्वाचन लडे । त्यसबेला नयाँ शक्ति नेपालबाट निर्वाचनमा होमिएका उनी पराजित बने । त्यसपछि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपामा प्रवेश गरेका उनी जिल्ला सदस्य बने ।

पार्टी विभाजनपछि माओवादी केन्द्रमा रहेका खड्का अहिले सोही पार्टीबाट सोताङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको छ । मूलुकमै सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर घरदैलो भेटघाटमा लागेका उनी यो पटक स्थानीय तहको नेतृत्व हत्याउने दाउमा देखिन्छन् । उदयपुरमा जन्मेका खड्का परिवार तावाखोलामा आएको बाढिका पिडित हुन् । बाढिले विस्थापित बनेका खड्का परिवार मावली जिल्ला सोलुखुम्बु छिरेका थिए । केही बर्ष नेलेमा बसेका उनी ३७ बर्षदेखि सोताङमा रहेर नागरिकको सेवामा समर्पित छन् ।

सफल व्यवसायिका रुपमा स्थापित उनी विकासप्रेमी मानिन्छन् । दुधकोशी पारि सडक सञ्जालले नछुदासम्म हरेक विकास निर्माणमा दिपक खड्काको योगदान जोडिने गरेको स्थानीय बताउछन् । तत्कालिन अवस्थामा दिप्लीबाट सोताङसम्मको सडक खड्काको व्यक्तिगत लगानीमा ओपन गरिएको थियो । उनले २०७२ सालको भुकम्पका बखत पनि सोताङका नागरिकलाई उल्लेखय सहयोग गरेका छन् ।

जनप्रतिनिधि हुनलाई मरिहत्ते गर्नुको कारणबारे सोध्दा खड्का भन्छन्, ‘मलाई सत्तामा पुगेर कमाउनु छैन् । जनताको सेवक बनेर आफ्नो भिजन गाउँको सम्वृद्धिमा खर्चिने निस्वार्थ चाहना छ । मेरो हुटहुटी त्यसकै लागि हो ।’ यो पटक सोताङमा आफूले जित्ने र स्थानीय तहलाई सहि ट्रयाकमा अघि बढाउने उनको सोच छ । सोही अनुसार निरन्तर घरदैलो गरिरहेका छन् । मतदाताको प्रतिक्रियाले उत्साहित बनेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार