एमाले थुलुङ दुधकोशी पुनर्गठन, अध्यक्षमा राई

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँपालिकाले पालिका कमिटी पुनर्गठन गरेको छ । शनिवार पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मानविर राईको प्रमुख आतिथ्यतामा सल्लेरीमा सम्पन्न पाचौँ गाउँ कमिटीको बैठकले पदाधिकारी पुनर्गठन गरेको हो ।

पुनर्गठित कमिटीको इन्चार्जमा उदय नारायण बस्नेत, सह–इन्चार्जमा नन्दराज गुरुङ, अध्यक्षमा भुपालसिङ् राई, उपाध्यक्षमा प्रविता राई, सचिवमा चर्तुमान तामाङ, उप–सचिवद्वय ङवाङ तेन्जि शेर्पा र हरिकाजि बस्नेत चयान भएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य गोपाल घिमिरेले जानकारी दिए ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्यद्वय महेश किराँती र उत्तम कुमार बस्नेत, जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोला र सचिव आश कुमार राई ’शिशिर’ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार