कृषि क्षेत्रको अवस्था
हाम्रो कृषि प्रधान देश नेपालमा पाचौ पञ्च वर्षिय योजना देखि नै कृषिलाई प्राथमिकता दिदै आएता पनि कृषि उत्पादन र खाद्य सुरक्षामा भने व्यापक अन्तर रहेको पाईन्छ । हाल कृषिले ६५ प्रतिशत जनसंख्याको खाद्य, आयस्रोत र रोजगारमा मुख्य स्रोतको भुमिका खेलेको छ भने कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको छ । ५० प्रतिशत भन्दा बढि कृषिजन्य वस्तु निर्यात भएता पनि नेपालका पहाडी तथा हिमाली जिल्ला अझै पनि खाद्यन्न अभावबाट गुज्रीरहेका छन ।
हाम्रो देशमा अझै पनि ६० प्रतिशत कृषकहरुले निर्वाहमुखि कृषि प्रणाली नै अपनाएका छन जसले गर्दा कृषिको उत्पादनमा सोचे जस्तो परिवर्तन आउन सकेन । वातावरण परिवर्तन तथा दैविक प्रकोप जस्तै बाढी पहिरो, सुख्खा, भूक्ष्य आदीको कारणले सन् २००५/०६ मा कुल ग्राहस्थ उत्पादन ३६.६४ प्रतिशत थियो भने सन् २०१४/१५ मा घटेर ३३.१ प्रतिशत कुल ग्राहस्थ उत्पादन भयो । हालको एक दशकमा कृषि उत्पादन वृद्धिदर २.९ प्रतिशत रहेको छ । खाद्य सुरक्षाको दृष्ट्रिकोणले बलियो रहेको अन्नबाली उत्पादनको योगदान , कृषि कुल ग्राहस्थ उत्पादनमा ४९.४१ प्रतिशत रहेको छ ।
वि.स.२०३२ सालमा कृषि वर्ष दिवस मनाईयो र वि.स.२०३८ साल देखि १६ अक्टोवरमा विश्व खाद्य दिवस मनाउदै आएता पनि कृषिले खाद्यसुरक्षालाई पूर्णरुपमा सुरक्षित गर्न सकेको छैन । त्यसै गरि सातौ पञ्च वर्षिय योजना देखि मानिसका आधारभुत आवश्यकतालाई प्राथमिकता दिए पनि गरिबी न्यूनिकरण तथा खाद्यन्नजडित गरिबीको अन्त्य हुन सकेको छैन । खाद्य असुरक्षा कम गर्न वि.स.२००७ सालमा नेपाल संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सदस्य बन्यो, कृषि क्षेत्रमा विकास तथा प्रचार प्रसार गर्न वि.स.१९७९ सालमा कृषि परिषदको स्थापना भयो र कृषि तथा पशु सम्बन्धि अध्ययनको लागी वि.स.२०१४ सालमा कृषि स्कुलको स्थापना भएको र यि तिनै वटा निकायहरुको ढिलासुस्ती कार्यले कृषि र खाद्य सुरक्षामा न्यूनरुपमा प्रभावकारी परिवर्तन हुदै गएको छ ।
संघियता आए संगै कृषि क्षेत्रको कार्य तथा जिम्मेवारी विभिन्न निकायमा हस्तान्तरण भएको पाइन्छ । स्थानीय सरकारलाई कृषि क्षेत्रको प्रचार प्रसारको जिम्मेवारी रहेको छ भने प्रदेश सरकारले कृषि व्यवसायमा प्रवद्र्धन गर्ने अधिकार प्राप्त गरेको छ, त्यसै गरि संघले निति नियम बनाउने जस्ता जिम्मेवारी प्राप्त गरेको छ । सधै कृषि क्षेत्रमा परिवर्तन भएन भन्ने आलोचना तथा टिप्पणी मात्र सुन्ने गरिन्छ तर मेरो भोगाइ र अनुभव अध्धयन अनुसार केरी सकारात्मक परिवर्तनहरु प्नि भएका छन जस्तै यान्त्रिकरण, नया जातका विउ विजन, सिचाइ प्रविधिहरु, रोग तथा किरा व्यवस्थापनका उपायहरु हल विभिन्न दुर्गम क्षेत्रमा समेत पुगेको छ । दुध अण्डा तथा मासुमा आत्मानिर्भर भएका छौ । कृषिलाई सहयोग पुराउने विभिन्न एपलिकेशनहरुको निर्माण भएको छ । जुन गतिमा कृषि क्षेत्रमा परिवर्तन हुनु पर्ने हो त्यो गतिमा नभए पनि सकारात्मक तरिकाले परिवर्तन भएको मान्न सकिन्छ ।
विश्व खाद्य दिवस
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । संयुक्त राष्ट्रको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा खाद्य दिवस मनाइन्छ । उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६ मा क्यानाडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको २० औ साधारण सभाले संगठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरुप सन् १९८१ देखि विविध कार्यक्रमहरुका साथ विश्वभरि खाद्य दिवस मनाइदै आएको छ ।
नेपालले २०३८ साल देखि १६ अक्टोवरका दिन खाद्य दिवस मनाउदै आएको छ, प्रथम खाद्य दिवसको नारा उब्जनी बढाऔ, सन्तुलित खाना खाऔ, बढी जोगाऔ भन्ने रहेको थियो भने हाल २०७९ सालमा ४२ औ विश्व खाद्य दिवस मनाइदै छ जसको नारा ‘उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार ‘भन्ने रहेको छ । विश्व भोगमरी सुचाङ्कमा १९.१ स्कोर ल्याइ नेपाल ७६ औ स्थानमा पर्न सफल भएको छ जुन मध्यम अवस्थामा भएको मान्ने गरिन्छ । त्यसै गरि यूएनडिपिको मानव विकास सुचाङ्कमा नेपाल १४३ औ स्थानमा रहेको छ । यी माथीका तथ्याङ्कबाट के प्रष्ट हुन्छ भने नेपाल पनि खाद्य सुरक्षाको तत्वहरुको नजिक रहेको छ भन्ने बुझिन्छ ।
कृषि विकासमा तथा खाद्य सुरक्षामा वैदेशिक सहायता निकायले वि.स.२००७ साल देखि नेपालमा निरन्तररुपमा सहयोग गर्दै आईरहेका छन् । आ.व.२०४६/४७ देखि २०५८/५९ मा बैदेशिक सहायता कुल विकास बजेटको ५० प्रतिशत भन्दा बढी थियो । हाल करिब १३ वटा मन्त्रालयहरु कृषिसग सम्बन्धीत छन तर बैदेशिक सहयोग र कृषिमा लगानी हुने बजेट पहिलाको तुलनामा अहिले घट्दो क्रममा रहेको छ । २० वर्षे दिर्घकालिन कृषि योजनाले पनि अन्नबाली, मल र बिऊमा सोचे जस्तो लक्ष्य हासिल गर्न सकेन तर दश वर्षे कृषि विकास योजनाले(२०३२– २०४२) मासु, दुध र फलफूलमा लक्ष्य भन्दा बढी उपलब्धी हासिल गरेको थियो ।
हाल कृषि विकास मन्त्रालय अन्र्तगत रहेको कृषि तथा खाद्य सुरक्षा आयोजना जुन मध्य र सुदुर पश्चिमाञ्चलका पहाडी तथा हिमाली १९ जिल्लामा लागु भएको छ, के यस आयोजनाले हाम्रो खाद्य सुरक्षालाई सुन्योचित गर्न सक्छ त ?? त्यसैगरी अहिलेको २०७२ को सविधानमा पनि उल्लेख गरिएको छ ‘‘प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ” के यो कागजमा मात्र हो की व्यहारमा पनि हुन्छ । कृषि विकास मन्त्रालय, खाद्य सुरक्षा सम्बन्धीका आयोजना, कृषि अध्ययन तथा अनुसन्धान संस्थान विच सहकार्य तथा समन्वय हुने सके मात्र नेपालको खाद्य असुरक्षालाई केही हद सम्म कम गर्न सकिन्छ ।
खाद्य सुरक्षाको आगामी बाटो
कृषि क्षेत्रको उत्पादनमा वृद्धि हुनु नै खाद्य सुरक्षाको प्रमुख आधार हुन सक्दछ तसर्थ कृषिमा नविनतम प्रविधिहरुको व्यापक प्रयोग र प्रचार हुन अति नै आवश्यक पर्दछ । तिन तहको सरकारको आ—आफ्नो जिम्मेवारी तथा अधिकार प्राप्त गरेता कृषकको उत्पादनमा वृद्धि हुन जरुरि छ । कृषि क्षेत्रको विकास हुनु सगै वातावरण संरक्षण हुनु पनि आवश्यक छ । कृषि क्षेत्रको आधुनिकिकरणले पनि वातावरणमा नकारात्मक असर पार्दछ, वातावरणको संरक्षण तथा प्रवद्र्धन गर्न अति नै आवश्यक पर्दछ । कृषिमा दिगोरुपमा विकास गर्न विउविजन मल, सिचाइ तथा उत्पादन मुलक प्रविधिहरुको पहुच कृषक सामु पुग्नु पर्दछ भने कृषकका उत्पादकहरु बजारमा सम्म लैजाने व्यवस्था हुनु पर्दछ । कृषकलाइ अनुदान कार्यक्रम दिनु भन्दा ऋण अनुदान तिर प्रोत्सान गर्नु पर्दछ । हाम्रो पहाडी तथा हिमाली जिल्लाका रैथाने बालीनाली लाइ संरक्षण तथा प्रवद्र्धन गर्नु पर्दछ । वातावरणलाइ असर नपुग्ने प्रविधिहरुको विकास गरौ जलवायुमैत्री प्रविधिको प्रयोग तथा प्रसारमा जोड दिनु पर्दछ । कृषकको वर्गीकरण गरि कार्यक्रमको तय गरौ । माटोमा खाद्यतत्व वृद्धि गर्न जैविकमल उत्पादन गरौ । तिन तहको कृषि हेर्ने निकाय विच औपचारिक रुपमा समन्वय हुने निति नियमको निर्माण गर्नु पर्दछ । कृषि एउटा पेशा मात्र नभइ हाम्रो पुस्ताले जिवन जिउनको लागि गर्दै आएको मुख्य पेशा भएको हुदा कृषि हाम्रो एक पहिचान पनि हो । तसर्थ यस कृषि तथा वातावरण क्षेत्रलाइ बचाइ राख्न हामी सबैको अपरिहार्य भूमिका छ । हामीले दैनिक रुपमा प्रयोग गर्ने करिव ९० प्रतिशत सामाग्रीहरु कृषिबाट नै प्राप्त हुन्छ जुन यही हावापानी स्वच्छ भएमा सजिलै प्राप्त हुन्छ, तसर्थ जव वातावरण स्वच्छ छैन तव कृषि छैन, जव कृषि छैन तव हाम्रो जिवन नै छैन ।
सन्दर्भ सामाग्री
नेपालमा कृषि विकास (प्रयास र उपलब्धि), भैरब कैनी
सामान्य कृषि ज्ञान, ध्रब नारायण मानन्धर
Manita Thapa Basyal , Agricultural Context of Nepal
Yogendra Kumar Kraki, 2015. Nepal Portfolio Performance Review (NPPR)
UNDP report 2021,