ज्वालामाई मेलामा झण्डै ८ लाख भेटी र ७ तोला सुन संकलन

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङ स्थित ज्वालामाई देवीको मन्दिरमा झण्डै ८ लाख नगद भेटी संकलन भएको छ ।

कार्तिक १९ गते हरिबोदनी एकादशीदेखि पुर्णीमा सम्म लागेको मेलामा ७ लाख ९२ हजार रुपैयाँ नगद भेटी संकलन भएको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।

मेलामा ७ तोला भन्दा बढी सुन, करिब एक किलो चाँदी र २५ किलो तामा बराबरको त्रिशुल संकलन भएको बजार अनुगमन समितिका संयोजक सन्त बहादुर मगर (¥याविट)ले जानकारी दिए ।

संकलित नगद भेटी तथा सुनचाँदीको शुक्रबार गणना गरिएको हो । मेलाको अवसरमा हजारौँ भक्तजनहरु प्रसिद्ध धार्मिक स्थल ज्वालामाई मन्दिर पुगेको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष टेक बहादुर मगरले जानकारी दिए ।

उनका अनुसार तामाखानी क्षेत्रमा सडक मार्ग पुगेसँगै पश्चिम नेपालको कास्की, लम्जुङ, गोर्खा लगायतका स्थानहरुबाट पनि देवीको दर्शनका लागि भक्तजनहरु तामाखानी पुगेका थिए ।

सडक मार्गबाट आउने र फर्किने भक्तजनहरु बढी हुँदा मन्दिर क्षेत्रमा भिड कम भएपनि विगतको तुलनामा भक्तजनको संख्या उल्लेख्य बृद्धि भएको मन्दिरका पुजारी विर बहादुर मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार