महाकुलुङमा जग्गा बाँझो राख्दैनौ :अध्यक्ष राई

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङ राईले माटो सुहाउँदो खेतीको अवधारणा अघि सारिएको बताएका छन् । हिमाल एफ.एमसँग कुराकानी गर्दै अध्यक्ष राईले गाउँपालिकाका ५ वटै वडामा सिजन अनुसारको नर्सरीको अवधारणा अघि सारिएको बताए ।

कृषि श्रोत केन्द्र तथा स्याटलाइट नर्सरीको अवधारणा ल्याईएको उनले बताए । गाउँपालिकामा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्न प्राङगारीक मल उत्पादन गरी प्रयोगलाई बढवा दिएको जानकारी गराए ।

कृषि उत्पादन बृद्धिका लागी गैरसरकारी संस्था इको हिमालसंगको सहकार्यमा विभिन्न तालिम तथा परामर्श अघि बढाईएको बतााउँदै अध्यक्ष राईले सबै वडामा कृषकलार्ई कृषि औजार वितरण गरिएको बताए ।

खाली जग्गालाई बाँझो राख्न नदिन नगदेबाली कफी, किवी , चिया, अलैँची, आलु लगायत बालीमा उत्पादनको सम्भावना भएकाले गाउँपालिकाले किसानलाई सहयोग गर्ने बताए । युवाहरु विदेशिने प्रवृत्तिले गर्दा गाउँपालिका कृषि उत्पादनमा निर्भर हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

उनले गाउँवस्तीका युवाहरुले कमाउने लोभमा आफ्नो ठाँउ छोड्दा कृषिमा आत्मनिर्भर पालिका आहिले बाह्य उत्पादनहरुमा निर्भर हुनुपर्ने अवस्थामा आएको बताए ।

साथै उनले युवाहरुले विदेशको मोह छोडेर आफ्नै देशमा केहि गर्ने सोचाई बनाएर फर्कने गरेको उदाहरण भएकाले पालिकाका नागरीकहरुमा पनि त्यो भाव जागृत गराउन सचेतना जगाउने गरी कार्यक्रहरु ल्याउने पनि बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार