सगरमाथा राष्ट्रिय निुकञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा छिरिङ पेन्जो सर्वसम्मत

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निुकञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा छिरिङ पेन्जो शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयमा आज मंगलबार बसेको मध्यवर्ती उपभोक्ता समितिको बैठकले शेर्पालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

चौरीखर्क मध्यवर्ती उपभोक्ता समिति, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र खुम्ब्युला मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु मध्येबाट एक जना मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष चयन गर्ने प्रावधान छ ।

समितिको सदस्यहरुमा चौरीखर्क मध्यवर्ती उपभोक्ता समितिका आङ नुरु शेर्पा र खुम्ब्युला मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष छेपाल दोर्जी शेर्पा चयन भएको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । समितिको सदस्य सचिव निकुञ्जका प्रमुख संरक्षण अधिकृत रहने व्यवस्था छ भने नवगठित समितिको कार्यकाल ५ वर्षको हुने छ ।

सगरमाथा क्षेत्रमा पर्यटन रोयल्टी बापत निकुञ्जले संकलन गरेको रकमको ३० देखि ५० प्रतिशत रकम स्थानीय वन उपभोक्ता समिति मार्फत स्थानीय विकासमा खर्च गर्ने व्यवस्था छ । जसका लागि मध्यवर्ती व्यवस्थापन समितिले सहजिकरण गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार