सोलुखुम्बुका पर्वातारोही मिङमार र आरोही गुटुको सिसापाङमा मृत्यु

२ जना बेपत्ता

  गोमा बस्‍नेत
5.5k Shares

सोलुखुम्बु :    सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नंं १ टाक्सिन्दुका पर्वतारोही मिङमार शेर्पाको मृत्यु भएको छ । तिब्बतको सिसापाङमा हिमालमा शनिबार गएको हिमपहिरोमा परेर शेर्पा र अमेरिकी महिला आरोही अन्ना गुटुको मृत्यु भएको हो । ।

शेर्पाले यसै वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु भएको थियो । साथै उहाँले पाकिस्तानको माउण्ट केटु पर्वत आरोहण गर्नुभएको थियो ।

त्यस्तै अमेरिकी आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा शेर्पा भने बेपत्ता भएको सा्रेतले जनाएको छ । तेन्जेनले केही समयअघि मात्रै नर्वेकी क्रिस्टिन हरिलासँगै ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाउनु भएको थियो ।

त्यस्तै, कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा घाइते हुनुभएको छ । उहाँलाई अन्य आरोहीले उद्धार गरेर बेसक्याम्पतिर ल्याइरहेको स्रोतले बताएको छ ।

आठ हजार मिटर अग्लो सिसापाङमा हिमाल विश्वको चौधौं अग्लो हिमाल हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार