महाकुलुङमा सम्पन्न तेश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि छेस्काम माविलाई

सोलुखुम्बु-सोलुखुम्बुको महाकुलुङमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि छेस्काम माध्यमिक विद्यालयले हात पारेको छ । छेस्काम मावि विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा २० स्वर्ण ९ रजत १ कास्य सहित प्रथम भएको हो ।

८ स्वर्ण, ११ रजत र ११ कास्यसहित गुदेल मावि दोश्रो र सगरमाथा मावि बुङ तेस्रो भएका छन् । सगरमाथा माविले ३ स्वर्ण, ११ रजत र ११ कास्य हात पारेको रेफ्री संयोजक चेत बहादुर मगरले जानकारी दिनभयो ।

गाउँपालिका तथा गाउँ शिक्षा खेलकुद विकास समितिको आर्थिक सहयोग तथा छेस्काम माध्यमिक विद्यालय र वडा नम्वर ३ को व्यस्थापनमा आइतवारबाट सुरु भएको प्रतियोगिता मंगलवार सम्पन्न भएको हो ।

गाउँपालिका उपप्रमुख बिपना कुलुङ,वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, रेफ्री तथा शिक्षक, खेलाडीहरु, सुरक्षाकर्मी, स्थानीयवासी लगायतको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार