सल्लेरीमा विभिन्न कार्यक्रमसहित ७४ औं प्रजातन्त्र दिवस मनाइने

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न कार्यक्रमसहित ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ । जिल्ला समन्य समितिमा आज शुक्रबार बसेको जिल्ला स्तरीय आयोजक समितिको बैठकले यही फागुन ७ गतेका दिन सल्लेरीमा विभिन्न कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो ।

उक्त कार्यक्रम अन्र्तगत आगामी सोम्बार बिहान ८ बजे सल्लरी आवाडाँडादेखि नयाँ बजार क्षेत्रसम्म सरसफाई गर्ने, सोही दिन दिउँसो १ बजे जिल्ला अस्पताल फाप्लुमा बेड भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गर्ने, साँझ ५ बजे जिल्ला समन्वय समितिको प्राङ्गणमा जनप्रतिनिधि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थितिमा दिप प्रज्वलन गरी प्रजातन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने जनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा भएको जिल्ला स्तरीय आयोजक समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी, तिनै तहका सुरक्षा निकायका प्रमुख लगायत अन्य कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको समन्वय प्रमुखका निजि सचिव द्रोण बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार