रातनांगे एन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता सुरु

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – रातनांगे एन्डुरो माउन्टेन बाइक रेस’ प्रतियोगिता आजबाट सुरु भएको छ । फाप्लु माउन्टेन बाइक क्लब र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त आयोजनामा रातनांगे एन्डुरो माउन्टेन बाइक रेसको दोस्रो संस्करण २०२४ सुरु भएको हो ।

प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङले संयुक्त रुपमा रेस स्ट्रीप काटेर उद्घाटन गर्नुभएको हो । आयोजक संस्थाका अनुसार सोलुदुधकुण्ड नगरपालिका ४ रातनांगे डाडामा निर्माण गरिएको १३ वटा ट्रेल रुट मध्य ७ वटा ट्रेलमा रातनांगे एन्डुरो माउन्टेन बाइक रेस हुने छ ।

स्थानिय स्तरमा भएका खेलाडीहरूको क्षमता बृद्धि साथै प्रोप्साहित गराउने र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यका साथ हरेक वर्ष सोलुखुम्बुमा रातनांगे एन्डुरो माउन्टेन बाइक रेसको आयोजना गर्दै आएको संस्थाका निर्देशक मिङ्गमा याङ्जी शेर्पाले बताउनुभयो ।

प्रतियोगिताको जुनियरतर्फ ७ जना, महिलामा ६, एलिटमेनमा २१ जनाको प्रतिस्पर्धा हुने छ । यस्तै, मास्टर्स्तर्फ १५ को सहभागिता रहेको र गेष्टमा फ्रान्सका भ्ध्क् फर्मल रेमी एप्सोलन, विश्व एन्डुरो रेसका टप आठौ हुगो पुगिन र इमेरिक को सभागिता रहेको छ ।

चैत्र ४ गते सम्म संचालन हुने प्रतियोगिताका विजयीहरुले एलिटतर्फ प्रथम, द्वितीय र तृतीय हुने महिला पुरुषका लागि क्रमशः ३० हजार, २० हजार, १० हजार रुपैयाँको साथमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । मास्टर क्याटागोरी ३५ वर्ष माथिका र जुनियर १२ वर्षदेखि १५ वर्षमुनिका प्रथम द्वितीय र तृतीय हुनेले आकर्षक गिफ्ट ह्यापर प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार