सोलुमा ६ हजार बढीले लगाए दादुरा–रुबेला विरुद्धको खोप

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट दादुरा–रुबेलाविरुद्धको खोप ६ हजार भन्दा बढी बालवालिकाले लगाएका छन् । ८ स्थानिय तह भएको जिल्लाबाट ६ हजार २ सय ७३ जना बालवालिकालाई २ सय २१ वटा खोप केन्द्रबाट खोप लगाईएको हो ।

जसमा सोलुदुधकुण्ड नगरपालिकाबाट १३ सय ८९ जना, थुलुङ दुधकोशी गाउँपालिकाबाट १ हजार ९० जना, माप्य दुधकोशी गाउँपालिकाबाट ७ सय ९७ जनाले खोप लगाएका छन् ।

त्यस्तै महाकुलुङ गाउँपालिकाबाट ६ सय ९२ जना, सोताङ गाउँपालिकाबाट ६ सय ५५ जना, नेचासल्यान गाउँपालिबाबाट ५ सय ७२ जना, खुम्बु पासाङ ल्होमु गाउँपालिकाबाट ३ सय ७७ जना र लिखुपिके गाउँपालिकाबाट ३ सय १ जना बालवालिकालाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका स्वास्थ्य अधिकृत सौजन सिग्देलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार