सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा ७६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुबाट निकुञ्जले फागुन महिनामा ७६ लाख ४७ हजार ७ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार उक्त महिनमा सार्क मुलुकका महिला ९९ पुरुष १४९ जना, विदेशी पर्यटकहरुमा महिला ९ सय ५ र पुरुष १४ सय ७ जना र नेपालि पर्यटकहरु महिला २१ र पुरुष २६८ जनाबाट उक्त राजस्व संकलन भएको हो ।

निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार