स्वास्थ्य चौकी डुम्रेधारापानीलाई तीन लाखको सामाग्री प्राप्त

 

सोलुखुम्बु – खोटाङको रावा बेसी गाउँपालिका ४ स्वास्थ्य चौकी डुम्रेधारापानीलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको छ । खोटाङको वेल फेयर कार्यालय दिक्तेलले उक्त सामाग्री प्रदान गरेको हो ।

रावा बेसी गाउँपालिका ४ का वडा अध्यक्ष ज्ञान बहादुर पाण्डेको विशेष पहलमा उक्त सामग्री प्राप्त भएको स्वास्थ्य चौकी प्रमुख मणिराम अधिकारीले बताउनुभयो । सामाग्री प्राप्त भएसंगै स्वास्थ्य चौकी को सेवा प्रवाह अझ प्रभाबकारी हुने वडा अध्यक्ष  पाण्डेको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार