तामाखानीका १०१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर परिक्षण

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीका १०१ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएका छन् । आज सोमवार तमाखानी स्वास्थ्य चौकीमा आयोजना गरिएको परिक्षण शिविरमा सो क्षेत्रका महिलाहरुले सेवा लिएका हुन् ।

नगरपालिकाको आयोजना तथा वडा कार्यालयको संयोजनमा भएको शिविरमा स्वास्थ्यकर्मीहरुको उपस्थितीमा पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा प्रदान गरिएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाठेघरको क्यान्सर नियन्त्रण गर्ने उदेश्यका साथ नगरपालिकाको कार्यक्रम अनुसार तामाखानीमा शिविर सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार