सपुतको नयाँ काम (भिडियो)

  हिमाल समाचार
35 Shares

नामै प्रकाश सपुत । संगीतका नयाँ आयाम सहित बजार झर्छन् । संगीतका पारखीलाई खुसी बनाउछन् । ‘बोल माया’गीतबाट ख्याति कमाएका प्रकाश एक पछि अर्को हिट गीत दिन सफल बनेका छन् ।

‘बोल माया’पछि दोहोरी गीत ‘गलबन्दी’ल्याएका उनले अर्को सफलता पाए । मौलिक प्रस्तुतिका कारण दर्शकले गीत मन पराए तर भाका जुधेको आरोप मात्र खेपेनन् । सर्जक तथा गायक शम्भु राईलाई वास्तविक भाका सर्जक मान्न तयार भए ।

त्यसपछि ‘बदला बरि लै’बाट उस्तै सफलता पाए । सामाजिक कथामा नौलोपन दिन बाहिर सर्जक तथा गायक प्रकाशले बजारमा ल्याएको ‘फुटेका चुरा’ पनि करोड क्लबमा प्रवेश ग¥यो ।

तिनै प्रकाशले अहिले राष्ट्रिय भाव समाबेश यर्थाथपरक गीत ‘मेरो पनि हैन र यो देश’सार्वजनिक गरेका छन् । आफ्नै गीत, संगीत र स्वर रहेको गीत र भिडियोमा कलात्मक रुपमा प्रस्तुत गरेका छन् । जस्ले जो कोहीको पनि मन छुन्छ ।

प्रकाशकै निर्देशनमा तयार भएको गीत उनैको अभिनय हेर्न सकिन्छ । अनागरिक समूहको प्रस्तुति भनिएपनि देशमै केही गर्न चाहने नागरिकको गुनासोको चाँङलाई प्रस्तुत गरिएको छ ।

प्रकाश अभिनित चलचित्र ‘परदेशी–२’ प्रदर्शनको तयारीमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार