जुनी खालिङको ‘जवानी मनलाई’बजारमा (भिडियो)

  हिमाल समाचार
217 Shares

काठमाण्डौँ – गायिका जुनी खालिङले पुर्वेली गीत ‘जवानी मनलाई’सहित डिजिटल लोक बजारमा प्रस्तुत भएकी छिन् ।

धनकुटाकी गायिका खालिङले अशोक मुकारुङसंग गाएको लोक गीत सार्वजनिक गरिएको छ । गायक गायिका दुवैले भिडियोमा अभिनय गरेका छन् ।

जीवन मुकारुङको गीतमा कृष्णभक्त राईले संगीत भरेका छन् भने एरेन्ज पनि उनै संगीतकार राईले गरेका छन् । श्रृगारमा दीपा खालिङ छन् भने दुर्गा बान्तावा र मनोज राईले क्यामरा चलाएका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा किरण रस्काले ड्रोन उडाएका छन् । जीवन मुकारुङले भिडियो सम्पादन गरेको यो गीत सेवा स्टुडियोमा रेकर्डिङ गरिएको हो । पदम राजन मगर र योगेन मुकारुङ यस गीतका रेकर्डिष्ट हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार