काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियतापनि बढेको छ ।
केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।
प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा छलफल भएको स्रोतले बताएको छ ।
भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उहाँहरुबीच नेकपाको आन्तरिक विवाद र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ ।
चिनियाँ रक्षामन्त्री वइफेङ्हे यही मंसिर १४ मा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।