नेपाल तरुण दल सोलुखुम्बुले तोक्यो स्थानिय तहका अध्यक्ष

  हिमाल समाचार
385 Shares

सोलुखुम्बु – नेपाल तरुण दल सोलुखुम्बुले स्थानिय तहको अध्यक्ष तोकेको छ ।

नेपाल तरुण दल जिल्ला अध्यक्ष अशोक झाका अनुसार तरुण दलको संगठन निर्माण एवं व्यवस्थित कार्यक्रम सञ्चालनका लागि आठ वटै स्थानिय तहमा अध्यक्ष तोकिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकामा क्षितिज तामाङ, नेचासल्यान गाउँपालिकामा शम्भु कुमार कार्की, थुलुङ दुधकोशी गाउँपालिकामा मिलन राई, सोताङ गाउँपालिकामा विमल बस्नेत र महाकुलुङ गाउँपालिकाको अध्यक्षमा तेजप राईलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै, माप्यदुधकोशी गाउँपालिकामा कुमार मगर, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा छिरिङ सोनाम शेर्पा र लिखुपिके गाउँपालिकामा केशव कुमार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।

तरुण दलको विधान र जिल्ला कार्यसमितिको निर्देशनको पालना गरि आफ्नो परिधिमा कार्यसमितिलाई पुर्णता दिन जिल्ला अध्यक्ष अशोक झाले निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार