एमाले सोलुको अध्यक्षमा डुफ र सचिवमा कल्पना विजयी

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला विजयी हुनुभएको छ । गएराती सम्पन्न निर्वाचन प्रक्रियाबाट बास्तोला भारी मतका साथ अध्यक्षमा दोहोरिनुभएको हो ।

उहाँले २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी हर्क बहादुर राईले १२५ मत प्राप्त गर्नु भयो । यस्तै उपाध्यक्षमा आश कुमार राई (शिशिर) २७७ मतसहित निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभएको छ । सचिवमा कल्पना राई २५९ मतसहित विजयी हुँदा प्रतिस्पर्धीहरु जगन्नाथ बास्तोलाले ४४ र दिपक राजभण्डारीले ८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै उपसचिवमा मिङ्मा छिरी शेर्पा १५९ र मोहन कुमारी कार्की १७० मतसहित विजयी हुनुभएको छ । निर्वाचनमा ४२० जनाले मतदान गरेको जनाइएको छ ।

गत शुक्रवारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि हिजो शनिवार निर्वाचन भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार