दिप्रुङमा अग्नि पीडितलाई आर्थिक सहयोग

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अग्नि पीडितलाई आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका– ६ छितापोखरी बास्थलाका अग्नि पीडित हरिबहादुर तामाङलाई २० हजार नगद सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले अग्नि पीडितको घर पुगेर तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मंसिर २१ गते राती ९ वजे बरण्डाबाट शुरु भएको आगलागीमा परी लत्ताकपडा, अन्नपात, भाडावर्तन र ४० हजार नगद जलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार