स्थानिय पाठ्यक्रम निर्माण गर्दै माप्यदुधकोशी

  हिमाल समाचार
84 Shares


सोलुखुम्बु –
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माणको तयारी थालेको छ ।

स्थानिय, भुगोल, धार्मिक सांस्कृतिक विषयलाई समेटर आगामि शैक्षिक सत्रबाट लागु गर्ने गरि स्थानिय पाठ्यक्रम निर्माणको प्रक्रिया थालेको हो ।

पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले आजबाट दुई दिने कार्यशाला गोष्ठि सुरु गरेको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता माया मगर लगायतको उपस्थितमा गोष्ठि सुरु भएको गाउँपालिकाका शिक्षा शाखा संयोजक गजेन्द्र भट्टराईले बताए ।

गोष्ठिबाट स्थानीय पाठ्यक्रममा समावेश गरिने विषयवस्तुबारे सुझाब लिईनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार