सोलुखुम्बु : नेकपा जिल्ला कमिटीका दुई तिहाइ सदस्य प्रचण्ड–माधव समूहमा

को कता ?

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बढि नेताहरु प्रचण्ड–नेपाल समुहमा देखिएका छन् ।

पुर्व नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको एकता प्रक्रिया नटुंगिदै फुटको दिशामा देखिएको नेकपामा केन्द्रदेखि नै दुई वटा समुहमा विभाजित भएपछि जिल्ला तथा स्थानीय तहसम्म समुहगत रुपमा नेता कार्यकर्ता विभाजित बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल पक्षमा पार्टीका प्रभावशालि नेता तथा कार्यकर्ता सोलुखुम्बुमा पनि खुलेरै प्रस्तुत भएका छन् ।

प्रचण्ड–माधव समुहमा केन्द्रिय सदस्य तथा सोलुखुम्बु इन्चार्ज एवम् निवर्तमान सांसद हेमकुमार राई सुरवीर, नेकपा सह–इन्चार्ज राजेन्द्र बस्नेत खुलेरै लागेका छन् । त्यस्तै, नेकपाका जिल्ला सचिव प्रचण्ड–माधव समूह लाग्दा जिल्ला अध्यक्ष मानवीर राई ओली समूहको कित्तामा देखिएका छन् ।

ओली समूहमा प्रदेश सभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, सोताङ गाउँपालिका अध्यक्ष वीर बहादुर राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला र सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राई लागेका छन् ।

त्यस्तै, प्रचण्ड–माधव समूहमा सोलुखुम्बुका निर्वाचन क्षेत्र ‘ख’ का ईन्चार्ज आङङिमा लामा, निर्वाचन क्षेत्र ‘क’ का नेकपा इन्चार्ज महेश किराँती प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (धुब्र), थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष साँगर किराँती, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत, अन्य नेताहरु जुद्ध बहादुर कार्की, डिल्ली राई, हिमाल गिरी, सौमाया राई, शिशिर राई, दोर्जी जाङबु लामा लगायतका नेताहरु देखिएका छन् ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई औपचारिक कार्यक्रममा सहभागी नभएपनि आफ्नो समर्थन प्रचण्ड–माधव समूहमै रहेको उक्त समूहका जिम्मेवार नेतालाई बताउदै आएका छन् । खुम्बु पासाङल्हमू गाउँपालिकाकी कार्यवहाक अध्यक्ष टासील्मू शेर्पा भने मौन देखिएकी छिन् । दुइवटै समूहले जिल्ला भित्र फरक फरक कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

जिल्ला कमिटीको अंक गणित कस्तो ?

नेकपा सोलुको जिल्ला कमिटीको समिकरणलाई हेर्दा प्रचण्ड–माधव समूहमा दुई तिहाइ सदस्य देखिएका छन् । १३७ सदस्सीय कमिटीमा पुर्वमाओबादीका ६५ र पुर्व एमाले (माधव नेपाल)समूहका २५ गर्दा ९१ जना प्रचण्ड–माधव समूहमा देखिएका छन् ।

उता, ओली पक्षमा पुर्वएमालेका ४६ जना छन् । त्यसमध्ये एक जनाको निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार