नदीजन्य पदार्थ निकासीका लागि ठेक्का आब्हान ।

  हिमाल समाचार
84 Shares

खोटाङ- बराहपोखरी गाउँपालिकाले ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको छ । स्थानीय खोला तथा सुनकोसी किनारमा रहेका ढुंगा, गिटी र बालुवालाई व्यवस्थित तरिकाले संकलन एवं निकासी गर्दै राजस्व संकलनका लागि गाउँपालिकाले ठेक्का आव्हान गरेको हो ।

गाउँपालिकाले ढुंगा, गिटी र बालुवा बिक्री कर संकलन गर्नका लागि ठेक्काको बन्दोबस्त सम्वन्धी शिलबन्दी दरभाउपत्र आव्हान गरेको छ । बुवाँ खोला, लपुवा खोला, वार्ताङ खोला, सुनकोसीको बंशिलाघाट, कम्फुघाट र धाप्लाङघाटबाट ढुंगा, गिटी र बालुवा संकलन एबं बिक्री वितरणका लागि शिलबन्दी दरभाउपत्र आव्हान गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।

यस्तै, वालिनटार ढुंगा खानीबाट ढुंगा निकासीका लागि टेण्डर खुलाइएको गाउँपालिकाले जनाएको छ ।

गिटी, ढुंगा र बालुवाबाट प्रतिघनमिटर २११ रुपैयाँ ८६ पैसाका दरले निकासी शुल्क लिन पाउने गाउँपालिका अध्यक्ष बञ्जराले बताउनुभयो । बुवाखोला र सुनकोसीको बंशिलाघाटबाट ८ हजार ६९७ घनमिटर ढुंगा, गिटी र बालुवा निकाल्नका लागि मूल्याअभिवृद्धि कर बाहेक १७ लाख १८ हजार ८४ रुपैयाँ न्यूनतम ठेक्का रकम तोकिएको छ ।

यस्तै, सुनकोसीको कम्फुघाट, धाप्लाङघाट र लपुवा खोलाबाट ८ हजार ५१९ घनमिटर ढुंगा, गिटी र बालुवा संकलनका लागि न्यूनतम ठेक्का रकम १६ लाख ६९ हजार ३७८ रुपैयाँ तोकिएको छ । बालिनटार ढुंगा खानी र वार्ताङबाट ७ हजार ७३९ घनमिटर ढुंगा, गिटी र बालुवा निकाल्नका लागि १६ लाख ९ हजार ९६० रुपैयाँ ठेक्का रकम निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार