‘गोक्यो रि’लाई विश्व रेकर्ड (भिडियो)

  हिमाल समाचार
1k Shares

काठमाण्डौँ – नेपाली भाषाको गीत ‘गोक्यो रि’ले विश्व रेकर्ड कायम गरेको छ ।

विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छाँयांकन गरिएको गीत र भिडियोले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को मान्यता पाएको छ । जुन गीत फागुन १९ गते डिजिटल बजारमा सार्वजनिक गरिएको थियो ।

मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर दिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छांयांकन पनि सोही ठाउँमा गरिएको हो ।

पर्यटन प्रवद्र्धनको लक्ष्य राख्दै अघि बढाएको प्रोजेक्टले विश्व रेकर्ड कायम गर्दा गौरबको महसुस भएको प्रोजेक्टका अवधारणाकर्ता तथा पर्यटन व्यवसायी सन्च खालिङले बताए ।

‘रेकर्डिङ सिष्टम गोक्योमै लगेर गीत रेकर्ड गरिएको हो ।’ उनले भने, ‘गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।’

गीत र भिडियो निर्माणमा ४ जनाको सहकार्य रहेको निर्माता राजन खरेलले बताए । पर्यटन व्यवसायी सन्च खालिङ (सोलुखुम्बु–बासा), लक्ष्मण कार्की (सोलुखुम्बु–सोताङ) र पावल राई ( म्यूजिसियन)निर्माताको रुपमा रहेका छन् ।

दुलर्भ जन्तरे (सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले जनाएको छ ।

गीत र भिडियोलाई गायिका वविना किराँतीको यूटुव च्यानलबाट सुन्न र हेर्न सक्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार