सोलुखुम्बुसहित पूर्वका धेरैजसो ठाउँको डढेलो निभ्यो, वायु गुणस्तरमा सुधार हुँदै

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – हिजोदेखि शुरु भएको वर्षाका कारण पूर्वका धेरैजसो ठाउँको डढेलो निभेको छ । हिजो बिहानसम्म सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछाप, सङ्खुवासभा, मोरङलगायतका जिल्लाका जङ्गलमा डढेलो लागिरहेकोमा आज खोटाङ र ओखलढुङ्गाका एकाध ठाउँबाहेक अन्यत्र डढेलो देखिँदैन ।

वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीका अनुसार अहिले पनि ८० भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ । तर सबैजसो डढेलो पश्चिम तराईमा रहेको र पर्सिसम्म पश्चिममा समेत पानी परेर डढेलो निभ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

हिजो परेको सामान्य पानीले कोशी, गण्डकी र बाग्मती प्रदेशका धेरैजसो डढेलो निभाएको र पर्सि बुधवारसम्म अझ ठूलो पानी पर्ने सम्भावना रहेकोले डढेलो निभाउने आशा रहेको उहाँले बताउनुभयो । वर्षा र डढेलो निभ्न थालेसँगै वायुको गुणस्तर पनि सुधार हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार