अस्मितामा परेको क्विक इम्प्याक्ट

रेडियो कक्षाको प्रभाव

  हिमाल समाचार
392 Shares

काठमाण्डौँ – अस्मिता (जुना) सुनार, रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छिबजार स्थित जनहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययरत छिन् । उनी जाइका र आईसीनेटको आर्थिक सहयोगमा रीड नेपालले कार्यान्वयनमा ल्याएको क्विक इम्प्याक्ट परियोजनाको लक्षित समूहकी एक सदस्य हुन् ।

लक्षित समूहमा रहनु पुर्व जुनामा खुलेर बोल्ने बानीको विकास थिएन । तर अहिले उनीमा धेरै परिर्वतन देखिन्छ । उनी भन्छिन्, ‘भन्न मन लागेका कुरा पनि बोल्न सक्दिनथे । अहिले त डर लाग्दैन् । मन लागे बोलिहाल्छु ।’टेलिफोन संबादमा खुलेर बोलेकी जुनाले फोन उठाउने वित्तिकै नमस्ते भनिन् । उनको सुवास त्यहिबाट झल्किन्थ्यो । त्यसपछि मात्र परिचय सोधिन् ।
७ महिना अघिसम्म नचिनेको वा नयाँ नम्बरबाट फोन आए आफू बोल्दिनथिन् । अहिले आफैँ बोल्छिन् । टेलिफोनमा निकै खुलेर बोलेकी अस्मिताले आफ्नो प्रश्नको जवाफ दिन सहजै स्विकारिन् । लक्षित समूहमा बसेर रेडियो कार्यक्रम ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’नसुन्दा र सुनेपछि उनीमा थुप्रै परिर्वतन देखा परेको छ ।

ती परिर्वतन बेलिविस्तार लगाउदै भन्छिन्, ‘साथीभाईसंग खुलेर नबोल्ने, लजाउने गर्थे । अहिले जो संग पनि खुलेर बोन्न सक्छु । राम्रो नराम्रो कुरा प्रष्टसंग राख्न सक्छु । महिला माथी हुने हिंसा, सामाजिक विभेद, कानुनी व्यवस्थाका बारेमा बुझेको छु । धेरै शसक्त बनेको छु ।’

आईतबार दिउँसो १ बजेको पेरिफेरीमा फोन उठाउदै गर्दा पनि उनी पढाईमै केन्द्रित थिईन् । ‘फिल्ड अफिसर म्यामले दिनुभएको परियोजना कार्य गर्ने, अभ्यास पुस्तिका भर्ने र रेकर्ड गरेर राखेको कक्षा सुन्दै सिक्दैछु ।’उनले भनिन् । ‘तपाईले भन्नुभएको थियो नी, जानेको कुरा व्यवहारमा लागू गरिएन भने नजाने सरह हुन्छ भनेर, त्यो कुराले मन छोयो । त्यो भनाई रेकर्ड गरेर पनि राखेको छु । सिकेका कुरालाई व्यवहारिक बनाउने अभ्यासमा पनि लागेको छु ।’

‘….तिमिलाई थाहा छ नी, चाईल्ड म्यारिज गर्नु हुदैन् भनेर । २० बर्ष भन्दा कम उमेरमा केटा वा केटीले राजिखुसी वा करकापमा विहे गर्न बन्देज गरेको छ । …..यति सानै उमेर, त्यो पनि पढ्ने बेलामा यो के गरेको ?’जस्ता थुप्रै कमेन्ट उनले लेखेकी थिईन् । यस्तो कमेन्ट गरेको केही दिनपछि वालविवाह गर्ने साथीसंग म्यासेन्जरमा कुरा भयो । त्यो वार्तालापमा पनि उनले सोधिन्, ‘सानै उमेरमा किन विहे गरेको ?’ साथीले जवाफ फकाईन्, ‘जुना, म खुसी छु । चिन्ता नगर है ।’

रेडियोमा प्रसारण हुने जीवनउपयोगी सीपका कक्षा सुनेपछि अस्मिताको सपनामा पनि फेरबदल भएको छ । ७ महिना अघि बैँकर बन्ने सोच बोकेकी उनी अहिले राजनितिमा लाग्न चाहन्छिन् । किन ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘पहिले बाबाआमाले बैँकमा काम गर्ने मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो । त्यहि कुरा दिमागमा थियो । जब, करियर काउन्सिलिङका कुरा सुने । समाज परिर्वतनको सहि माग राजनिति नै रैछ भन्ने बुझेपछि अब राजनितिमा करियर निर्माण गर्ने सपना बुनेको छु ।’

एसइइपछि अध्ययनसंगै कुनै (छनौट गर्न बाँकी)राजनितिक दलको विद्यार्थी संगठनबाट राजनिति प्रारम्भ गर्ने सोचमा देखिएकी छिन्, जुना । क्विक ईम्प्याक्ट परियोजनामा सामेल भएपछि नै उनी सामाजिक र कानुनी विषयमा पनि बोल्न थालेकी छिन् ।

धेरैलाई लाग्नसक्छ की, फेसबुकमा कसैको स्टाटसमा कमेन्ट गर्नु सामान्य कुरा हो । तर विषयलाई बुझेर कानुनका कुरा सहित कमेन्ट गर्नुले किशोरीमा देखिएको शसक्तता अवश्यक मान्न सकिन्छ । जुनाको साथी आफ्नै समुदायकी थिईन् । कक्षा ७ देखि संगै पढ्न थालेको साथी कक्षा ८ को परीक्षा दिएपछि गाउँ लागिन् । त्यसपछि फर्किनन् । साथीको सानिमा आएको बेलामा उनको कुरा पनि चल्यो । त्यो बेला थाहा भयो । उनको विहे भईसक्यो । त्यसपछि जुनालाई हुटहुटी चल्यो ।

उनी थप्छिन्, ‘फोन गरु, नम्बर छैन्, पक्कैपनि फेसबुकमा भेटिएला भन्ने लागेपछि खोज्न थाले । जब साथीको फेसबुक प्रोफाईल भटे । उनको फोटो हेरेर चित्तै बुझेन । अनि, वालविवाहको बारेमा आफूलाई थाहा भएको कुरा कमेन्टमा लेखेर भएपनि चित्त बुझाँए ।

‘….तिमिलाई थाहा छ नी, चाईल्ड म्यारिज गर्नु हुदैन् भनेर । २० बर्ष भन्दा कम उमेरमा केटा वा केटीले राजिखुसी वा करकापमा विहे गर्न बन्देज गरेको छ । …..यति सानै उमेर, त्यो पनि पढ्ने बेलामा यो के गरेको ?’जस्ता थुप्रै कमेन्ट उनले लेखेकी थिईन् । यस्तो कमेन्ट गरेको केही दिनपछि वालविवाह गर्ने साथीसंग म्यासेन्जरमा कुरा भयो । त्यो वार्तालापमा पनि उनले सोधिन्, ‘सानै उमेरमा किन विहे गरेको ?’ साथीले जवाफ फकाईन्, ‘जुना, म खुसी छु । चिन्ता नगर है ।’

अस्मिता अचेल सामाजिक, राजनितिक विषयमा बोल्न थालेकी छिन् । उनी फेसबुक चलाउछिन् । तर साईवर क्राईमको बारेमा निकै सचेत छिन् । फेसबुकको पासवर्ड निकै स्ट्रोङ राखेकी छिन् । किनकी उनलाई थाहा छ, फेसबुक ह्याक हुन सक्छ । जस्ले गर्दा व्यक्तिगत सूचना लिग हुन सक्छ ।

‘अनलाईन कक्षा हुन थालेपछि फेसबुक खोलेको हूँ । चिनेको दाई खोलिदिनुभएको, तर डिजिटल साक्षरता र सुरक्षाका बारेमा मलाई थाहै रहेनछ । जब, आईसीटिको प्रयोग र सुरक्षाबारे रेडियो कक्षा सुने तबदेखि आवश्यक सावधानी अपनाएर फेसबुक चलाउछु ।’ उनले भनिन् , ‘फेसबुकमा नयाँ साथी बनाउने विषयमा पनि सहज छु । कतिपयले झुक्याएर अपराध निम्त्याउछन् वा अनावश्यक तनाव दिन्छन् भन्ने कुरा बुझेकाले अपरिचित व्यक्तिलाई साथी बनाउदिन ।’

अस्मिताको बाबा वैदेशिक रोजगारीमा छन् । आमा गृहणी । बाबाआमाले चाहेजति बढाउने बचन दिएका छन् । जस्ले गर्दा जुना फुरुङग छिन् । अरु साथीहरुलाई सन्देश के छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सानै उमेर विहे गर्नुहुदैन्, अरुमाथि अन्याय गर्नु हुदैन् भन्ने कुरा धेरैलाई थाहा छ जस्तो लाग्छ तर व्यवहारमा देखिदैन् । उनीहरुका लागि विद्यालय खुलेपछि साथीहरुसंग मिलेर चेतनामूलक नाटक देखाउन मन छ ।’

जुना एक प्रतिनिधि पात्र हुन् । उनीजस्तै ६ जिल्ला (रुपन्देही, बझाङ, ताप्लेजुङ, सिन्धुली, ओखलढुंगा, खोटाङ)का ६ सय विद्यार्थी प्रत्यक्ष रुपमा क्विक ईम्प्याक्ट परियोजनाबाट लाभान्वित छन् । ती विद्यार्थीहरु पाठ्यक्रममा आधारित सिकाईको साथमा सामाजिक, कानुनी ज्ञानका साथै करियर काउन्सिलिङका विषयले भविष्यबारे सोच्ने र परिर्वतनका लागि आवाज उठाउने कुरामा अग्रसर देखिएका छन् ।

सामाजिक समस्यालाई कविता, गीतको माध्यमबाट बोल्ने, अतिरिक्त क्रियाकलापको नेतृत्व लिने वा सक्रिया सहभागी बन्ने, लैङिगक समानता र सामाजिक समावेशीकरणको दृष्ट्रिकोणबाट हेर्ने तथा व्यवहार दर्शाउने मामिलामा विद्यार्थीहरु अग्रपंक्तिमा देखिएका छन् ।

पहिलो चरणको कोरोना महामारीपछि बन्द भएको विद्यालय र त्यसपछि विद्यालय छाड्ने किशोरीहरुलाई फोकस गरेर गणित, विज्ञान, आईसिटी (३ दिन) र जीवनउपयोगी सीपका (३ दिन) गरि आईतबार देखि शुक्रबारसम्म दैनिक आधा घण्टाको १४४ वटा रेडियो कक्षा संचालनमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार