सिन्धुपाल्चोकका बाढि पिडितलाई जनता फाउण्डेशनको राहत

  हिमाल समाचार
259 Shares

काठमाण्डौँ – जनता फाउण्डेशन नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा रहेका बाढिपिडित ८० परिवारलाई राहत वितरण गरेको छ । फाउण्डेशनका अध्यक्ष लक्ष्मण मिसन कार्की नेतृत्वको टोली राहत लिएर सिन्धुपाल्चोक पुगेका थिए ।

७ लाख भन्दा बढिको राहतमा चामल, दाल, नुन, तेल, मस्यौरा, साबुन, बिस्कुट, चाउचाउ लगायतका खाद्य सामग्री, लत्ताकपडा र स्वास्थ्य सामाग्री रहेको थियो । बाढिबाट ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई नगद समेत हस्तान्तरण गरिएको छ । हेलम्बु गाउँपालिकाको चनौटे, हल्दे, गोदम, तिम्बु, ओडारे, थापाटार र मेलम्चीको विभिन्न स्थानका पिडितलाई राहत वितरण गरिएको हो ।

विपदमा सहकार्य गर्दै बाढिपिडितलाई राहत वितरणका लागि सहयोगीदाता संग सहयोग संकलन गरेर सिन्धुपाल्चोक गएको फाउण्डेशनका अध्यक्ष कार्कीले बताए । उनले दाताहरुलाई समेत धन्यवाद दिए । स्थानीय चनौटे युवा क्लब संग समन्वय गरेर जनप्रतिनिधिको हातबाट राहत वितरण गरिएको फाउण्डेशनका सचिव चन्द्र राईले बताए ।

राहत अभियानका आर्थिक संयोजन पेम्बा छिरिङ शेर्पा र फाउण्डेशनका कोषाध्यक्ष सन्तोष तामाङले गरेका थिए । राहत पाएपछि पिडितहरुले खुसी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार