ऐसेलुखर्कको बजेट पारित

  हिमाल समाचार
105 Shares

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी आर्थिक वर्षक २०७८–७९ का लागि ४६ करोड ३ लाख ५८ हजार ९ सय रुपैयाको बजेट आज बसेको गाउँ सभाबाट सर्वसहमतिले पारित गरेको छ ।

गाउँपालिकाले शिक्षा तर्फ १ करोड ७२ लाख, कृषि तर्फ ७५ लाख ९८ हजार ४४२, विपद व्यवस्थापनमा ६० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा १८ लाख, खेलकुद व्यवस्थापनमा १५ लाख, स्वास्थ्य व्यवस्थापनमा ५५ लाख ७७ हजार २ सय र क्युब टेस्ट मेसिन खरिदमा ७ लाख गरि विषयगत तर्फ जम्मा ४ करोड ३ लाख ७५ हजार ६४२ रुपैँया बजेट बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले जानकरी दिईन् ।

गाउँपालिकाले कुल बजेटको चालु खर्चमा २८ करोड ९९ लाख ६५ हजार ९ सय, पूँजीगत खर्च तर्फ १६ करोड ५३ लाख ९४ हजार अनुमान गरेको छ । वित्तिय व्यवस्थापन तर्फ भने ५० लाख रुपैँया अनुमान गरेको छ ।

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । चालु आर्थिक बर्षमा ऐसेलुखर्कमा गाउँपालिकाले ७०.०३ प्रतिशत प्रगति हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार