खर तथा फुसको छानो हटाउने कार्यक्रमको कार्यान्वयन धमाधम

  हिमाल समाचार
420 Shares

सोलुखुम्बु – सोलुखुम्बुका स्थानिय तह सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा जुटेका छन् ।

संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खर तथा फुसको छानो हटाई जस्ताको छाना लगाउने कार्यक्रम कार्यान्वयनमा जुटेका हुन् । जिल्लामा १२ सय ८९ घर नागरिक आवास कार्यक्रमका लागि सिफारिस भएका थिए । सोलुदुधुकण्ड नगरपालिकामा ११५ घर सुरक्षित नागरिक आवास कार्यक्रमका लागि छनौट भएका थिए ।

ती मध्ये १ सय भन्दा बढिले पहिलो किस्ता बापतको ३० हजार रकम पाईसकेका छन् । अन्यले पनि लैजाने क्रम रहेको नगरपालिकाले जनाएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट ७१ घरलाई पहिलो किस्ता निकासा गरिएको छ ।

माप्य दुधकोशीमा १०१, महाकुलुङमा १३५, लिखुपिकेमा ७५ घरले पहिलो किस्ता बापतको रकम वितरण गरिएको छ । थुलुङ दुधकोशीमा ३४७ घर प्रस्ताव भएका मध्ये ६० प्रतिशतले पहिलो किस्ता लगेको प्रमुख प्रसाशकिय अधिकृत नवदिप राईले जानकारी दिए ।

सोताङ गाउँपालिकामा पनि १५५ जनाले पहिलो किस्ता लगेको छन् । जिल्लाको नेचासल्यान गाउँपालिकामा भने २२९ घर मध्ये १९५ घरको छाना फेरिएको गाउँपालिकाका आईटी अफिसर हुतराज बास्तोलाले जानकारी दिए ।

पहिलो किस्ता लगेका लाभग्राहीले छाना लगाएपछि दोस्रो किस्ता निकासा गर्न पाउने व्यवस्था रहेको छ । फोटो फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार