स्पेनमा लगाएको लकडाउन असंवैधानिक: उच्च अदालत

  हिमाल समाचार
21 Shares

काठमाडाैँ- स्पेनको उच्च अदालतले गत वर्ष कोरोना भाइरसको महामारीका कारण लगाएको कडा लकडाउन असंवैधानिक भएको घोषणा गरेको छ ।

लकडाउन उल्लंघन गरेका कारण मानिसहरुलाई लगाइएको जरिवाना फिर्ताका लागि पुनःदाबी गर्न सक्ने आधार अदालतको फैसलाले दिएको छ ।

तर लकडाउनका कारण पैसा गुमाएको भन्दै कुनै व्यक्ति वा कम्पनीले मुद्दा दायर गरेमा स्वीकार नगर्ने अदालतले जनाएको छ ।

स्पेनमा गत वर्ष पहिलो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न संकटकाल घोषणा गरिएको थियो । तत्कालिन समयमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको थियो ।

अस्पतालमा विरामीलाई उपचार गर्ने ठाउँ अभाव भइसकेका थियो । स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ८१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

-एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार