हलेसीमा २३ दिनमा १४ लाख भेटी संकलन

  हिमाल समाचार
119 Shares

खोटाङ – खोटाङको हलेसी महादेव मन्दिरमा २३ दिनमा १४ लाख ३७ हजार बढी भेटी संकलन भएको छ । हलेसी महादेव शिव पार्वती थान, दानपेटिका, बसाह गुफा, गणेश मन्दिर, रुद्री पुराण, कवाडी सामान विक्री लगायत गरी १४ लाख ३७ हजार ८७६ रुपैयाँ भेटी संकलन भएको हो।

२०७७ चैत २४ गतेदेखि २०७८ बैशाख १५ गतेसम्म उक्त भेटीसंकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । राईका अनुसार शिव पार्वती थानमा ९ लाख ८४ हजार ६४० रुपैयाँ, मन्दिरको प्राङगणमा रहेको दानपेटिकामा ८८ हजार ४४०, बसाह गुफाको दानपेटिकामा ३८ हजार ४८०, गणेश मन्दिरको दानपेटिकामा ४९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको छ ।

यस्तै, रुद्री पुराण लगायत अन्य सहयोगमा २ लाख १४ हजार ११६, ढ्याके साटेको १२ हजार ६ सय, मन्दिरमा रहेका फलामको स–साना त्रिशुलका टुक्राहरु साथै संरचना निर्माणका क्रममा निक्लिएका पुनः प्रयोगमा नआउने फलामका टुक्राहरु कवाडीलाई विक्री गरे वापत ५० हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ ।

भारतीय रुपैयाँ ४ हजार ३४०, २५५ ग्राम चाँदि र ३.३ ग्राम सुन श्रद्धालु भक्तजनले चढाएका छन् । भेटी गणना, अतिथि, खाजा, विजुली पानी लगायतमा अन्यमा २ लाख ३५ अजार ४६ रुपैयाँ खर्च भएकोे र बाँकी १२ लाख १२ हजार ८३० रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापनको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार