कांग्रेस नेचासल्यान सभापतिमा निर कुमार शर्मा विजयी

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत मंगलबार सम्पन्न पालिका अबिधेशनबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कांग्रेस सभापतिमा निर कुमार शर्मा विजयी बनेका छन् ।

शर्माले प्रतिद्वन्द्वी निर कुमार शर्मा कटेललाई पछि पार्दै शर्मा विजयी बनेका हुन् । निर्वाचित शर्माले ५७ पाउदा पराजित शर्मा कटेलले २७ मत पाएका थिए ।

उपसभापतिमा कैलाश निरौला र घनश्याम बास्तोला निर्वाचित बनेका छन् । निरौलाले ७१ र बास्तोलाले ५८ मत प्राप्त गरेका थिए ।

सचिवमा मिलन केसी र दुर्यधन राई सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सह–सचिवमा दिपक घिमिरे र नवराज श्रेष्ठ चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार