एउटै बोटमा १२८ केजी किवि !

  हिमाल समाचार
399 Shares

सोलुखुम्बु – २०७० सालबाट किवीको खेती थालिएको सोलुखुम्बुमा एकै बोटबाट १२८ केजि किवि टिपिएको छ ।

गत वर्ष ११७ केजि किवि टिपिएको सो बोटबाट यो वर्ष १२८ केजि किवि टिपिएको हो । यो बर्ष किविको राम्रो फल लाग्नुका साथै उत्पादन बढेको बागबानी केन्द्रले जनाएको छ ।

यस्तै, बागबानी केन्द्र फाप्लुले उत्पादन भएको किवि बिक्री सुरु गरेको छ । बागबानीमा लगाईएको किवि तुसारो पर्न थाले सँगै टिपेर भण्डारण र बिक्रि सुरु गरिएको हो ।

बि ग्रेडको किवि प्रतिकेजि दुई सय र सिग्रडको किवि प्रतिकेजि १ सय रुपैयाका दरले बिक्रि सुरु भएको निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।

जिल्लाको माथिल्लो क्षेत्रका कृषकहरुले पनि किवी टिपेर भण्डारण र बिक्रि थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार