विद्यार्थी संगठनहरुको थप आन्दाेलन घाेषणा

  हिमाल समाचार
0 Shares

काठमाडौं – पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन लगायत छ वटा विद्यार्थी संगठनहरुले मूल्यवृद्धिको विरोधमा विभिन्न दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

यस्तै ५ गते दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिविरुद्ध विभिन्न क्याम्पस र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक भएको छ ।

विद्यार्थी संगठनहरुले मंसिर ७ गते एकव्यक्ति एक रुपैयाँ सडकबाट संकलन गरी आयल निगमलाई बुझाउने कार्यक्रम पनि सार्वजिनक गरेका छन् ।

विभिन्न विद्यार्थी संगठनका तर्फबाट पञ्चा सिंह, सुदेश पराजुली, रुपनारायण श्रेष्ठ, हरिकृष्ण गजुरेल, प्रकाश शाही र देवेन्द्र कुँवर संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार