खरिखोला सामुदायिक अस्पतालको भवन उद्घाटन

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिका १ मा खरिखोला सामुदायिक अस्पतालको भवन उद्घाटन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका र एक्सन खरिखोला स्वीजरल्याण्डको संयुक्त २ करोड, १२ लाख ९० हजार ३३६ रुपैँयाको लागतमा निर्मित १४ कोठे प्रविधिमैत्री सामुदायिक अस्पतालको उद्घाटन गरिएको हो ।

सन् २०१९ अप्रिल २ मा शिलान्यास गरिएको उक्त भवन उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो । हाल ५ शैयाको सो अस्पताललाई १५ शैयाको बनाउने योजना रहेको अस्पताल विकास समितिले जनाएको छ । वि.स २०५२ सालमा स्थापना भएको अस्पतालमा एमविविएस डाक्टर, स्टाप नर्स, अनमी, सिएमए, ल्याब अस्स्टिेन र कार्यालय सहयोगी १÷१ जना गरि ६ जनाको दरबन्दी रहेको डा. चोशोक कुँवरले बताए ।

एक्सन खरिखोला स्वीजरल्याण्डका अध्यक्ष स्टेफान सेडोक्सको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा खुम्बु पासाङ्ल्हामु गाउपालिकाको प्रशासकिय अधिकृत मोहन चापागाई, एक्सन खरिखोला नेपालका अध्यक्ष शेर बहादुर राना मगर लगायतको उपस्थिती रहेको संबाददाता तिलक राना मगरले जानकारी दिए ।

साथै, जग्गादाता, आर्थिक सहयोगदाता, निर्माण कम्पनी, हिमाली स्वास्थ वातावरणीय केन्द्र सोलु, धुलिखेल अस्पताल, खरिखोला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुसहित स्वीजरल्याण्डका १० नागरिकलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार