करोडको लगानीमा निर्मित गुम्बाको उद्घाटन

  हिमाल समाचार
224 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कमा नवनिर्मित पहिलो सामुदायिक गुम्बाको उद्घाटन गरिएको छ । भित्ताखर्क शेर्पा समाजले करिब एक करोडको लागतमा निर्माण गरेको उर्गेन ठोडोलिङ गुम्बाको आज (शनिबार) विधिवत रुपमा धर्म गुरु सेङढक ठुल्कु रिन्पोक्षेको बाहुलीबाट उद्घाटन गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कान्छा शेर्पाले जानकारी दिए ।

गुम्बा निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिकाको २० लाख र बाँकी रकम देश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन गरिएको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार वि.स. २०७६ जेठबाट निर्माण सुरु गरिएको गुम्बा करिब २ बर्षपछि निर्माण सम्पन्न भएको हो ।

झण्डै साडे २ रोपनी क्षेत्रफलमा फैलिएको गुम्बा निर्माणका लागि स्थानीय पासाङ तेम्बा शेर्पा र रिन्जी शेर्पाले १ रोपनी ६ आना जग्गा निःशुल्क प्रदान गरेका थिए भने बाँकी जग्गा खरिद गरिएको व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माणसँगै बौद्ध धर्मवलम्बीहरुका लागि धर्मकर्म गर्न सहज हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार